ऐँठन र बिम्ब
२०७९ को मदन पुरस्कार विजेता उपन्यास कृती ऐँठन हो । २०७९को मदन पुरस्कार विजेता छनोट सुचिमा परेसंगै ऐँठन नेपाली साहित्य जगतमा चर्चा परिचर्चा चुलियो । २०८० को दशै तिहारको अवसरमा केही घरायसी काममा भाग लिनु र केहि पुस्तकहरु अनिवार्य पढ्नु मेरो कार्यसुची थियो, ऐँठन महत्वपुर्ण थियो । मदन पुरस्कार विजेता भएसंगै ऐँठन बारे मनमा कौतुहलता उत्सुक्ताको बाढी नै उर्लिरहेको थियो । केहि दिन लगाएर पढेपछी मनमा केही थप उद्धेलन भावना थपियो जसलाई लिपिबद्ध तथा व्यक्त गर्न यो एउटा सानो प्रयास स्वरुप लेख्दै छु ।
सुदुरपश्चिमको अछाममा जन्मिएका विवेक ओझाको दोस्रो साहित्य कृति ऐँठन हो । अन्याय,असमानता,पुरातन पश्चगामी राज्यसत्ताका विरुद्ध जनताको संघर्ष र बलीदानको उच्च कथा एैँठन हो । गाउँ गाउँबाट विद्रोहको ज्वाला संगठित गरेको विद्रोह र युद्धको कथा हो । एउटा रक्तरञ्जित रक्ताताम्य युद्धको कथा जो रगत बलिदानको असंख्य गाथा समेटिएको छ । युद्धले निम्त्याएका त्रासदीपुर्ण जिवन जहाँ मान्छेको दैनिक जिवन कष्टकर र मृत्युको संकामा दिनहरु बितेका छन । हिरोसीमाका बम बिष्पोट,महाभारतको युद्धको विस्पोट र सेना र छापामारका गतिविधी समावेश गरिएको छ । युद्धको निर्ममता र क्रुरता विध्वंशबारे चर्चा मात्रै होइन संसार भरबाट विद्रोह र युद्धको अन्त्य ,बन्दुकको बलमा टिकेका संसारका शासकिय सत्ता र दम्भ अन्य गर्नु पर्ने समेत उल्लेख छ ।
युद्ध भित्र केही घटना जुन क्रुर र अमानविय घटना छन , जहाँ निर्दोष नागरिक मारिएका छन,बाटोमा हिड्ने बटुवा बम र गोलीको धुवाँसंग उडेका छन,बर्षोसम्म बेपत्ता छन, निर्दोष दिदीबहिनीहरुको बलात्कार र हत्या जिउदै जलेका मान्छेहरुको कथा एँठेन हो ।
युद्ध आफैमा क्रुर र अमानविय हुन्छ जसमा पनि युद्धमा निर्दोष नागरिक क्रुरता दमनपुर्वक मारिन्छन ति युद्ध अपराध हुन । युद्धभित्र पनि निरंकुश केही मानवियता भावना समेत ओतप्रोत भएका प्रसंग समेत उल्लेख छन । युद्ध जहाँ मान्छेहरु निस्वार्थ बलिदानपुर्वक विरताका साथ लडेका छन । विवाहति जोडी पहलो दिनमै मोर्चा सम्हालेका छन । परिवारका सदस्य आफन्त गुमाउदा पनि ,श्रीमानको वलिदान हुदा समेत हुर्कदै गरेकी छोरी छाडेर श्रीमती बहादुरीका साथ युद्धमोर्चामा होमिएको विरता र बलिदानको अदम्य कथा पनि एैँठन हो । कयौँ बलिदानी ,त्याग कयौ अंगभङ्ग घरवारविहीन योद्धाहरु जसमा अन्तिम सम्म पनि परिवर्तको अभिलाष मरेको हुदैन तिनै विर योद्धाहरुको कथा पनि एँठेन हो । परम्परागत कुसंस्कारका विरुद्ध नयाँ चेतनाको जागरण र चुलो चौकोमा सिमित महिलाहरु विद्रोहमा संगठित हुदै बन्दुक मार्फत युद्धमोर्चामा असल र नेतृत्वादायी कमान्डर बनेका उदारणसमेत छन । साँस्कृतिक रुपान्तरण र प्रगतिशील जनवादी साँस्कृती अबलम्बन गरेको समेत पाइन्छ ।
युद्धसंगै शान्तिप्रक्रीया पश्चात सत्तामा पुगेका नेताहरुले धोका दिदा जनता र युद्ध लड्ने योद्धाको जिवनमा भएको संकट अभाव बारे देखाउन खोजिएको छ । जुन समाज गाउँबाट युद्धको बिजारोपण भयो बलिदान भयो, त्यहाँको गरिबी र अभाव कायमै रहेको छ । युद्धपछी केही मान्छेको मात्र जिवन बदलिएको छ भने युद्धमा होमिएका लडाकु जो अंगभंग घाइते जिवन विताइरहेका छन उनिहरुको दुःख यथावत छ । उनिहरु जिवनको अन्तिम अवस्थामा पनि युद्ध लडेका योद्धा घाइते छन उनैलाई दुई छाक टार्न पनि धौधौ भएको छ । उनिहरुलाई ब्यवस्था वदलिए पनि जनहरुको जिवन बदलिएको छैन । अभाव र गरिवी कायम भएपनि केही योद्धाहरुमा आफ्ना नेतासंग आशा र भरोसा गुमेको छैन ।
ऐँठनमा भनेजस्तै नेपालमा चलेको महान जनयुद्धले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भई केही देशमा नयाँ राजनितिक मुद्धा समावेश भएपनि जनयुद्धको लक्ष्य उदेश्य र प्रतिवद्धताबाट नेतुत्व चुकेको छ । जनयुद्धमा त्याग बलिदान गर्ने योद्धा,जनता,सहिद परिवार ,घाइतेसंगै जनताको जिवनमा संकट कायम छ । गरिबी,वेरोजगारी,अभाव,भ्रष्टचार,साँस्कृतिक अराजकता कायमै छ । जनयुद्धका मुल मर्म र जनयुद्धपछी शान्तिप्रक्रीयाका कामहरु पुर्ण नहुनु दुखद कुरा हो । शान्तिपक्रीया स्थापना भएको दुई दशक पुगिसक्दा पनि विद्रोही कमान्डरहरुले पटकपटक सत्ताको नेतृत्व सम्हालीसक्दा पनि जनयुद्धका जनताका एजेन्डामा केन्द्रित हुन नसक्नु दुखद कुरा हो यस तर्फ माओवादी नेतृत्व र राज्य गम्भिर बन्न आवश्यक छ ।
विषय तथा कथावस्तु
युद्धमा छापामार र सेनाको अपहरणमा परेको कथाको मुख्य पात्र बवन हो उसले युद्धमा आफ्रनी श्रीमती र छोरा समेत गुमाएको छ । शान्तिनगरको एउटा विद्यालयमा पढाउने विज्ञान शिक्षक बवन जसले परिवार गुमाउनुका साथै आफु छापामार तथा सेनाको अपहरणमापरी बन्दी जिवन विताएको छ । बवन लामो समयदेखी अस्पताल छ जहाँ उ बम बारुद देख्छ । बवन बसेको अस्पताल धेरै युद्ध पिडित छन जसमा चन्द्रकला एक हो । अर्को महिला पनि अस्पताल छ जो हिरोसिमा र दोस्रोे विश्व युद्धको भयानाक बम विस्पोटबाट पिडित जो विस्पोटमा नुहाउन गएको कारण बच्न सफल भइन । सोरा चन्द्रकला बवन अस्पताल बसाइकाकारण नजिक भए । बवनले एकदिन सोरासंग भएको पत्र पढ्छ । जुन पत्र प्रेम पत्र नभयर त्रासदी पत्र रहेछ । जसमा हिरोसिरमा र युद्ध बारे छ ।
शिक्षक बवन आफ्नो घरमा एकदिन खाना खाएर पारिवारीक कुरा चल्दै थियो । त्यतिबेला बम विस्पोटका आवाजहरु आए र त्यो छापामार सेनाको दोहारो भिडन्त थियो । त्यही भिडन्त भइरहेकै समयमा बवनकी श्रीमती उर्मिला लाई गोली लाग्यो उनि लडिन र छोरा प्रह्लाद पनि गोली लागेर गम्भिर घाइते भयो । बवनकी श्रीमतीको शास गुमिसकेको अवस्था थियो भने छोरा प्रह्लादको शास बाँकी थियो । बमवारकै विच गोली लागी घाइते आमाछोराको जिवनदीने आशा राख्दै बवन अस्पताल जाँदै गर्दा छापामारको निगरानीका पर्यो । निगरानीसंगै छापामारको कब्जामा परेको बवनका श्रीमती र छोराले भने प्राण त्यागिसकेका थिय । त्यो चित्कार र पिडा वियोगमा पनि उ आफ्रना श्रीमती र छोरालाई अस्पताल लिएर बचाउन चाहान्थ्यो । उसले चिहानमा पुरिएका श्रीमती र छोरालाई खोज्न नङग्राले काम गर्दासम्म्म कोट्यायो । उसले छापामारसंग आफ्नो गुहार माग्यो छोरा र श्रीमतीलाई अस्पताल लिन देउ, तर उसको चित्कार सुनिएन । सालेहरु मेरो छोरा श्रीमती खै भन्दै विभिन्न गाली समेत गर्दै थियो तर उसको रोदन छापामारले सुनेनन । श्रीमती र छोरा गुमाउदाको पिडा रोदनका बिच बज्रपातमाथी बुट बजार्दै लात हान्दै बवन छापामारको अपहरणमा पर्छ । उसको बचाउने अभिलाषा पुरा हुन सकेन । ति वियोसंगै उसको छापामारसंग बन्दी जिवन सुरु हुन्छ । मनमा अनेकौ पिडासंगै बवनले कहाँनिर मर्छु,गाडीन्छु,जलाइन्छु भन्ने मनमा अनेकौ प्रश्न सहित पिडासहित छापामारसंगै हीड्यो । बन्दी जिवन सुरुसंगै उसका दैनिकी पनि छापामारसगै कष्ट र यातनापुर्ण दिनहरु व्यतित गर्दै छ । छापामारसंग अन्य बन्दिहरु थपिए । रातिको हिडाइसंगै यात्रासंगै छापामार टोली सल्यानको कालिमाटी पुग्यो । जहाँ एकजना डम्बर कमरेड सेनाको दमनसंगै गोली लागी घाइते भएका थिय । कालीमाटीमा छापामारका आफ्नै कार्य सुचिअनुसार कामहरु प्रशिक्षण,कारबाही,तालिमहरु चले । बवनलाई छापामारले भागेमा गोली खाने भनेको हुदा भाग्ने प्रयास गरेपनि उ भाग्न सकेन । छापामारहरुलाई कमान्डर शसीले युद्ध र विद्रोह आवश्यक रहेको सामन्ति शोषक दलाल राज्यसत्ता ढाल्न आवश्यक रहेको र यसका नीमित्त सबै बलीदान गर्न तयार भइ लड्न तयार हुन प्रशिक्षीत गर्यो । गाउँमा हेलिकप्टर आतङक सगै दमन गोली निर्दोष नागरिमहरु समेत मरिरहेका थिए । कालिमाटीमा सेनाको आक्रमणमा हत्या गरेको घरमा त्यहाँ छापामार पुग्दा एउटी अधबैसै महिला सेतो पहिरनमा बाहिर निस्किइन छापामारसंग कमान्डरको दोहोरो कुरा भयो कुरापछी उ श्रीमानको सपना पुरा गर्न पुरानो संस्कार सेतो पहिरण त्यागेर युद्धमोर्चामा होमिने प्रतिबद्धतासहित उ छापामार बनी । छापामारका कारवाही चल्दै थिय बवन संगैका बन्दी केही कारवाहीमा मारिदा बवन पनि कतिखेर कहाँ कसरी मर्र्छु सोच्र्दै थियो ।
बवनको अस्पताल बसाई प्रसंगसंगै युद्धपिडीत साथी चन्द्रकला कोठामा उनको डायरीमा भएको नौरङगी माछा को कथा पढ्छ जुन चन्द्रकलाको प्रत्यक्षय भोगाई थियो । डायरी पढेको चन्द्रकलाले थाहा पाएपछी चन्द्रकला रिसाईन र झापट समेत हानिन । जसमा सेनाद्धारा भएका अमानविय अपराध बलात्कारको प्रसंग थिय । युद्धको पिडा सेनाको दमनसंग उनको जिवनमा मेल खाने कथा उनको डायरीमा थियो ।
बन्दी बवन छापमारसंगै दैनिकी बिताउदै गर्दा छापामार नयाँ सेल्टर निगालचुला पुग्छ । उसमा भोक,प्यास,दुःख वेदना थकित शरिर अझ श्रीमती र छोरा गुमाएको पिडाले पिरोल्दै थियो । निगालचुला पुगेपछी बन्दी र छापामार सहित एकजना बुढी आमाकहाँ भोकै खाना नदिएर बस्न निर्देशन गर्छ तर पेटभरी खाना दिन्छीन बुढी आमा र कुपिन्डे दहबारे किवदन्ती सुनाउछीन । छापामार सेनाबिच लडाई दिनहुजसो मार्ने मर्ने सामान्य जस्तो नै थियो । रेडियोमा छापामार मारिएको खबर सुन्दा उनिहरु आक्रोशित भय । त्यो घटनासंगै बन्दीहरुमाथी निगरानी बढ्नुका साथै एकजना प्रहरी बन्दीको छापामारको यातनाबाट ज्यानसमेत जान पुग्यो । साथमा अन्य बन्दी श्रीमतीको उजुरीमा समातिएका गोकुल विद्रोही छापामार बने अन्य पनि थपिदै गए । नयाँ छापामार कमान्डर राकेश थपिय । राकेश मर्मस्पर्शी,दयालु, भावनात्मक कमान्डर थिय उनी जसकारण बवनलाई केही सजिलोसमेत भएको थियो । युद्धमा यति भावनात्मक कमरेड भावना देख्दा बवन पनि खुसी थीयो । सुराकीहरु मारेका, घाँटी रेटीएका,बलात्कृत भएका समाचारहरु थिय । राज्य र छापामारविचको भिडन्त जारि थियो । घटनाहरु घटेका थिय आफ्नो योजनबारे प्रशिक्षीत गदै थिय । बवन भने हृदयविदारक युद्ध पिडादाएक क्रुर र समवेदनाहिन लाग्दै थियो र आफ्नो मृत्यु कुरेर बसेको थियो । छापामार नयाँ योजना अछामको मंगलसेन कब्जा गर्ने योजना अगाडी बढे । मंगलसेन कारवाही सुरुसंगै मंगलेन कब्जा र विजयको उल्लास थपियो उक्त कारबाही सरकारी कार्यालय संरचना र मान्छेसहित जले । मंलनसेन कब्जा विजयको उल्लास उनिहरुभित्र थपियो । आक्रमण सफल विजय भए पनि केही छापामारसंगै कमान्डर शसी घाइतेसंगै सहादत हुन पुग्यो । उक्त आक्रमणपछी गाउँ गाउँमा सरकारी दमनले सिमा नाघ्यो सेनाद्धारा बलात्कार,हत्या,अपहरण,बेपत्ता लगायतका घटना तिब्र वृद्धी भए ।
अर्को संवाद बवन उसकी मरेकी श्रीमतीसंग हुन्छ । उसले नम्बर र एउटा ठेगाना समेत छाडेकी हुन्छे ।जुन सत्य वा भ्रम सपना वा विपना उ छुट्याउन सकेको हुदैन । आफ्नी श्रीमती र छोरा पाउने आशामा उ धेरै भौतारिन्छ खोज्छ । एउटा वस्तिमा पुग्छ । जहाँ नदी समेत रगतजस्तै रातो बग्छ विगतमा बवनले देखेको युद्धका योद्धा चिेनेका सबै भेटिन्छन,गोकुल एउटा भट्टी पसलमा जाँड खाँदै गरेको भेटिन्छ तर उसलाई चिन्दैन । युद्धका योद्धा जो छापामार कोही आधा शरिर घाइते अपाङग, हात खुट्टाविहीन थीए। भोक,प्यास र चरम गरिवी थियोे दानासमेत धेरै गाह्रो थियो ।
कोही असुन्तुष्ट भएपनि संगै युद्ध कमान्डर हेलीकप्टर चढेर गाउँ आउदा स्वागको तामझाम भव्य मालासहित हुदै, पिडा वेदना आँसुहरु पनि रुएर साँझपख सक्काएका थिय । त्यो अभाव वेदनासंगै नेतासंग विश्वाश कायम थियो ।
मंगलसेन कब्जासंगै बवनको बन्दी जिवनबाट रिहा हुन्छ । रिहासंगै उ आफ्नो गाउँ शान्तिनगर पुग्न खोज्दै थियो सोही क्रममा गाडीमा सेनाको चेकजाँचमा उ पक्राउ पर्यो । उ छापामार नभएको पुष्टी गर्न धेरै प्रयास गर्यो तर सफल हुन सकेन । उसको गुहार सेना समक्ष पनि केही समातियो । त्यसको केही समय सुरुमा बवन बसेको गाडी विस्पोटमा परी धेरै मरे भने केही घाइते भए । सेनाको पक्राउपछी बवन सेनाको क्रुर यातना संगै उसलाई सेनाले शौचालयमा हुले । यातना,भोक,प्यासले खेप्न गाह्रो भएपछी आफ्नै पिसाबसमेत पिउन विवश हुन्छ ।शौचालयमै विवश भएपछी उसलाई त्यहाँबाट बाँके पठाइयो । उसले चरम यातना म छापामार होइन बन्दी हु कृपया एकपटक मैले पढाउने स्कुलमा सोध्न अनुरोध गर्यो तर उसको सेनाले सुनेनन । त्यहाँ सैनिक व्यारेकमा बन्दीहरुमाथी चरम यातना,पिडा,महिलाहरुमाथी बलात्कार भएका थिय । बवन बेहोस हुनेगरी कुटपिट भयो, बन्दी महिलाहरुमाथी चरम यातना साथै निवस्त्र उभ्याइएका महिलाहरुमाथी सैन्य जल्लादहरुल पालैपालो बलात्कार गदै योनिमा लठ्ठी घुसादै चरम यातना दिइरहेका थिय । त्यहाँ धेरै छापामार बन्दीहरु थिय । उनिहरुलाई जंगलमा लगेर गोली हानि हत्या गरिन्थ्योे त्यस योजनाालाई सेनाहरुले खाजा भन्थे । भोलीको खाजामा बवन पनि परेको रहेछ उ मारिदै थियो उक्त योजनाबारे बवन जानकार नै थियो । सेनाको हाकिमलाई केही पैसा बुझाएमा छुट्न सकिने सुइको समेत बवनले पायो । जंगलमा लिएर हत्या योजना अगावै उसले सेना प्रमुखलाई भेट्यो । त्यहाँ मोलमोलाई सुरु भयो ८ लाख तिरेपछी रिहा हुने भयो तर बवनले एक हप्ताको समय माग्यो तर सेनाको हाकिमले मानेन । किनकी बवनको घरमा कोही थिएन उसको जम्मै सम्पतिको दोब्वर थियो ८ लाख जुटाउन उ घरमा पुग्नै पथ्र्यो । छापामार बन्दीसहित बवन सेनाको गाडीमा हुलिए जंगलमा लिएर गाडि रोकियो अनि जो छिटो भाग उ बाँच्छ भनेर भनेपछी गोली हानि हत्या गर्नै योजनाबारे बवन जानकार नै थियो । सेनाको फाइरिङ सुरु भयो र केही त्यहाँ मारिय भाग्दै गर्दा ड्याम ड्याम गोली लागेर मरे । तर उसले रुखको फेदको कभर लगिराख्यो अनि उसको पछी पछी सेना लागेपछी उ खाल्डोमुनि बसेर बाँच्न सफल भयो । उ पुःन दाङ शान्तिनगर पुग्ने योजनाम बस चढ्यो तर बसको खलासीले लात हानेर बाहिर निकाल्यो । उ शान्तिनगर पुग्ने योजनामै उ बसकै पछिपछि लागिरह्यो ।
✍️टंक प्रकाश केसी
लेखकको सम्वन्धमा