March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
हिजो जनयु द्धले प्रचण्डहरू जन्मायो, प्रचण्डहरूले आज रतनहरू जन्माए : वाईबी जिएम

हिजो जनयु द्धले प्रचण्डहरू जन्मायो, प्रचण्डहरूले आज रतनहरू जन्माए : वाईबी जिएम

कार्ल मार्क्सले भनेझै जब गरिब र निमुखा जनताकाे रगत र पसिना चुसेर नेतृत्व गर्नेहरू पहुँचकाे आधारमा पुजिवाद तिर लम्मकिएर पुजी सञ्चय गरि निम्न र उच्च भन्ने दुरी तयार गर्छन्छन । तब निम्न वर्गबाट वर्ग सङ्घर्ष सुरू हुन्छ । हो त्यहि संघर्ष को परिणाम हो रतन तिरुवाले प्रचण्डलाई जुत्ता प्रहार गरेको । रतन ले त्यस्ता लाखौ निमुखा जनता को प्रतिनिधित्व गरेका छन जस्ले जनयु द्धमा आफ्ना अभिभावक गुमाएका छन र त्यस्तो पीडा झेलीरहेका छ्न । अभाव सग पैठेजोडी खेलिरहेका छ्न ।

निमुखाको सपना माथि कुठाराघात गर्ने , र रतनको बुवा जस्ता हजारौं सहिदको योगदान लाई सत्ताको भर्र्याङ्ग बनाउने प्रचण्डले वर्ग संघर्षका कुरा गर्न सुहाउछ ? रतनले त्यस्तो परिवारकाे प्रतिनिधित्व गर्छ्न जब त्याे प्रहार गरेकाे जुत्ता किन्न पैसा पनि उनले गाउँमा ‘आमा’ लाई ऋण खाेज्न लगाउनु पर्छ । अनि उनको अगाडी प्रचण्ड ले वर्ग सङ्घर्ष सफल भाे भन्ने ??

हिजो जनयु द्धले प्रचण्डहरू जन्मायो । आज प्रचण्डहरूले रतनहरू जन्माए। रतनहरू अब ब्यक्ति होईन, बिचार हो । आन्दोलन हो । हिजो जनयु द्धमा बाउ गुमाउनेले आज त्यही जनयु’द्धको सुप्रिम कमान्डर लाइ जुत्ता हानेको हो । केही त सोच्नुस् न कमरेडहरु ।

बिचार, आदर्शहरु स्खलित भएपछि हिजो पदम को झापड देखि तिरुवाको जुत्ता सम्म को परिस्थिति कसरी आयो ? आज २/४ जना नेता र उनीहरुका झोलेहरुको जीवनशैलीमा परिवर्तन आउदैमा हिजो जनयु द्धमा योगदान पुर्याएका र आम जनताको जीवनशैलीमा आमूल परिवर्तन आएको छैन कमरेड। कयौ घाइतेहरु उपचार नपाएर अझै छट्पटाइ रहेका छन , बेपत्ताको कुनै पत्ता छैन। कयौ लडाकुहरू डिप्रेसन को सिकार भएकाछन । हजारौ योद्धाहरू खाडिमा छन । क्रान्तिलाई लथालिङ्ग पारेर सत्ताको स्वादमा डुबेर आफुलाइ श्रीपेच बिहिन राजा जस्तै राजसी सुखसयलमा सयर गरेर क्रा’न्ति पूरा भयो र बर्ग संघर्ष पूरा भयो भन्दा कुन निमुखा को कन्पारो तातिदैन ? उनी माथी जुत्ता प्रहार भएको जनताको आक्रोश हो, प्रचण्ड को नियत र नैतिकता माथी को प्र’हार हो ।

जब रतनले आफ्नो आक्रोश प्रचण्ड माथि पोखे त्यो आक्रोस एउटा रतनको होइन हजारौ सहिदको सपूतहरु को आक्रोस हो । एउटा बुवा, आमा गुमाउनु को पीडा त्यो गुमाउनेलाई मात्र थाह छ ? त्यो बियोग को पीडा उनले सहना सकेन र प्रहार गरे । उता जुम्ला को नेकपाले एउटा बिगेप्ती निकालेर झन निर्लजता देखाएको छ र भनेको छ – ‘ उ कुनै सहिद परिवारको छोरा होइन ।’

हिजो जनयु’द्धमा त्यस्ता हजारौं मान्छे को नाम छुटेको छ जो जनयु”द्धमा सहभागी थिए तर त्यस्ता हजारौको नाम समेटिएको छ जो जनयु-द्धमा सहभागी थिएनन् । त्यस्ता झुटा आकडा हेरेर सहिद को तुलना नगरौ। के सहिद परिवार हुन नेकपाको झोले नै हुनु पर्छ ? जुत्ता कान्ड् पछि सामाजिक संजालमा हजारौ प्रतिक्रिया आए । अरिङालहरुले यतिसम्म लेखे कि रतन आतं’ककारी नै हुन भनेर घोषण गरे । वाह तिम्रो राजनीतिक सस्कार आफ्ना महाराजहरुले अर्बौंअर्बको घोटाला ,कयौ काण्ड मचाउदा चुप लाग्ने एउटा निमुखा माथि खनिने तिम्रो अरिङ्गाल पारा लास्टै घाटिया र दुई कौडी को छ ।

तिमिहरु कै भाषामा भन्नुपर्दा जब रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरे, त्यसलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा “मोवाईल” प्रहार गर्ने ट्रेड युनियनका भोला पोखरेल र “लातले हान्ने” प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा पनि आतं’ककारी हुन ? र अर्को कुरा उनीहरुलाइ प्रहरीले हिरासतमा नलिनु पर्ने कारण के हो ? कानुन के सानो र निमुखा लाइ मात्रै छ ? नेता का झोले हरु लाई छैन ? जुत्ता हान्ने होस् या पछाडि बाट लात हान्ने होस् दुबै एकै मानिस हुन् । जुत्ता हान्नेलाइ रिहाई होस र लात हान्नेलाइ जेल चलान होस । तर यसो कदापी हुदैन किन कि डाडु पन्यु उनैको हातमा छन । आफ्नो कमान्डर माथी जुत्ता परेको कारण रतनलाई हदैसम्मको सजाय माग गर्ने तोर्पेहरुलाइ के अबगत गराउन चाहन्छु भने अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश माथि पनि जुत्ता प्रहा’र भएको थियो, शक्तिमा रहेका राजनीतिज्ञ माथि यी कुरा सामान्य हुन् । समझ लो ।

पसिना बेचेर जिन्दगी चलाऊ केही फरक पर्दैन ! तर इमान र अस्तित्व बेचेर महल नबनाउ । यहि सन्देस हो जुत्ता प्रहारको । त्यसैको उपहार हो जुत्ता। नेता जि पदमको झापड देखि रतनको जुत्ता प्रहार, सम्म त स्वभाविक हो सायद अब आउनेले खु’डा अनि भा’ला हा’न्छन होला यस्तै राजनितिक अवस्था रहेमा । जुत्ता प्रहा’रलाइ कठोर दण्ड दिनुपर्ने खालको अप’राधिको रुपमा अतिरञ्जितपनि नगरौं। नेताहरूले स‍ोचुन। तर उ पक्रा’उ परेपछि दुईजना सत्ताका उन्मादिले जुन व्यवहार देखाए त्य‍ो हदैसम्मको घृणित र दण्डनिय कृत्य ह‍ो।

प्रचण्ड जि यदि बुद्धिजीवी हुनुहुन्छ भने जुत्ता हान्ने लाई कारबाही हैन घरमा गएर सोध्नुस् समस्या के हो ? जनयु”द्धमा बाबु गुमाएका रतन र उनको पुस्ताले प्रचण्डको काटमारको राजनीतिबाट के पाए ? केवल श्रीपेचविनाका राजाहरु कि अरु पनि ? घटनाको पिँधसम्म यस्तै ठूला प्रश्नहरु छन्।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज