पूर्व जनसेना द्वारा कोरोना प्रभावित विपन्न परिवारलाई राहत वितरण
जेठ २६, रुकुम पश्चिम । रुकुम पश्चिममा कोरोना महामारीले प्रभावित विपन्न परिवारलाई राहत विरण गरिएको छ । जिल्लाको सानिभेरी गाउँपालिका १० का पूर्व जनमुक्ती सेना तथा समाजसेवि वागबिर खड्का व्यक्तिगत लगानी र सल्यान कुमाख गाउँपालिका वडा नं ६, वडागाउँका शिक्षक शुसिलराज केसीको विविध सहयोगमा स्थानिय १० जनालाई खाद्यान्न समाग्री वितरण गरिएको हो ।
कोरोना महामारीले प्रभावित एकल महिलदेखि कोरोना संक्रमित १० विपन्न परिवारलाई राहत समाग्री वितरण गरिएको बताइएको छ । उनिहरुलाई प्रतिव्यक्ती एक बोरा चामल, १ लिटर तेल, ३ किलो दाल, मास्क लगाएत स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
यस अघि पनि विभिन्न समस्यामा परेका व्यक्तिलाई सहयोग गरेको समाजसेवि खड्काले अहिले संकटको समयमा मानवसेवा गर्नू आफ्नो कर्तव्य भएको बताएका छन । यसक्रमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत गाउँपालिकाका कर्मचारी प्रति उनले आभार प्रकट गरेका छन ।
प्रतिकृया दिनुहोस्