चौतर्फी दवाव पछि सञ्चालनमा आयो बनगाडकाे एम्बुलेन्स
दुर्गा विसी / वैशाख २२, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले गत वर्षको माहामारिमा मात्रै क्षत्रेश्वरि गाउँपालिकाबाट दुई एम्बुलेन्स भाडामा ल्याइ सञ्चालन गरेको थियोे ।
तर यो पालि भने चौतर्फी दवाव वढे पछि वल्लतल्त एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।टेण्डर गरेको दुई वर्ष िवत्दा समेत नगरले एउटा एम्बुलेन्स किन्न नसक्नु भनेको विडम्बनाको विषय रहेकोमा स्थानीयको चर्को विरोध थियोे ।
यो माहामारिमा समेत एम्बुलेन्स सञ्चालनमा कुनै चासो नदेखिए पछि सामाजिक सञ्जाल र यत्रतत्र बाहिर नगरपालिकाले निकै आलोचना खेप्नुपरेको थियोे । विरामि परेका नागरिक एम्बुलेन्स नपाइ हैरानी परेका छन् ।चर्को मुल्यमा अन्य सार्वजनिक जिपहरु प्रयोग गर्ने गरेका छन् ।
सुर्खेतमा अक्सिजन फिटको लागि एम्बुलेन्स गएको भन्ने खबर थियोे अब आजबाट नै नागरिकलाई सेवा दिने नगरपालिकाले जनाएको छ ।जनताको लागि आवश्यक एम्बुलेन्स खरिदमा ढिलाइले यहाँका नागरिक रुष्ट वनेका छन् । जनप्रतिनिधि र कर्मचारीको सेवामूलक कार्य भए तत्काल त्यो पूरा हुन्छ तर जनताको लागि चाहिने चिजबिजमा नजर नपर्नु र अत्यन्तै ढिलासुस्तीलाई केही स्थानीयले खेद प्रकट समेत गरेका छन् ।
यो नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई कुनै ऎन कानुन लागु हुदैन,नागरिकका लागि मात्रै नितिविधि,कार्यविधि तथा सबै खाले बन्देज लादिने एक स्थानीयको भनाइ छ ।आफुहरुको लागि चढ्ने गाडि भए हप्ता दिनमै खरिद हुन्थ्यो किनकि यो अफ्ठेरो परेका विरामि नागरिक वोक्ने साधान भएकोले ढिलाइ भएको एक स्थानीयको भनाइ छ ।ढिलाइ भए पनि अब छिटोभन्दा छिटो एम्बुलेन्स सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्