December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
दाङमा जिप दुर्घटना, चालकको मृत्यु

दाङमा जिप दुर्घटना, चालकको मृत्यु

बैशाख २२, दाङ । दाङमा जिप दुर्घटना भएको छ । दुघटनामा परि चालक घोराही उपमहानगरपालिका १३ बडहरा निवासी विष्णु गिरीको घटना स्थलमै मृत्यु भएको मृत्यु भएको छ।

मदनभण्डारी लोकमार्ग अन्तर्गत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानबाट बा १३ च ८०४८ नम्बरको जिप गए राति दुर्घटना भएको हो।

रोल्पाबाट घोराही आउँदै गरेको जिप राति साढे ९ बजे दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका ४ का ३३ वर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ वर्षीय बसन्त भण्डारी घाइते भएका छन्।

जंगलमा अड्किएको अवस्थामा घाइतेहरुको प्रहरीले बिहान उद्धार गरि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको छ।

घाइतेहरुको टाउको, खुट्टा र हातमा गम्भीर चोट लागेको छ। जिप सडकबाट करिब ८ सय मिटर तल उर्लेकेनी भन्ने स्थानमा खसेको छ।