December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
चिकित्सक टिम सहित सिम्ता गाउँपालिका अध्यक्ष केसी टाेलटाेलमा

चिकित्सक टिम सहित सिम्ता गाउँपालिका अध्यक्ष केसी टाेलटाेलमा

दुर्गा विसि / बैशाख २०, सुर्खेत । सुर्खेत सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी स्वास्थ्यकर्मी सहितकाे टाली सहित टाेलटाेलमा पुगेका छन् । अाज बाट अभियान सुरु गरिएको छ ।काेभिड १९ विरुद्ध जनचेतना जगाउन र काेराेनासँग मिल्दोजुल्दो संकास्पद व्यक्तिलाइ समेत उपचार तथा स्वास्थ परामर्श सेवा दिने अभियान थलिएको छ ।

काेराेना भाइरसले विश्वासलाई नै तर्सित बनाएको अबस्थामा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी स्वास्थ्यकर्मीको टिम सहित जनताको घरदैलाेमा पुग्ने गरेका छन् । त्यहीँ पुग्दा नागरिक अवस्था, भारतबाट भर्खर अाएका तथा गाउँमै रहेका नागरिकले कतिकाे काेराेनाबाट सचेत छन् भन्ने कुरा थाहा हुने वताए ।


उनिहरुकाे स्वास्थमा समेत केही समस्या अाएको भए उपचार हुने जनाईएको छ । भारत तथा अन्य मुलुकबाट अाएका नागरिकलाई विशेषत: १० दिन हाेम क्वारेन्टाइनमा वस्न विशेष आग्रह गरिएको छ । गाउँमै पुगि नागरिककाे स्वास्थ्य अवस्था र चेकजाँच गर्ने बिधि उत्तम ठानेर याे विधि अवलम्बन गरिएको अध्यक्ष केसीले बताए ।

यसले राम्रो सन्देश दिने, प्रत्येक्ष गाउँमै पुग्दा फलदायी हुने भएकोले गाउँ स्वास्थ्य शाखा प्रमुख विरेन्द्र पुन सहित चिकित्सककाे टाेलि यतिखेर घुम्ती शिविरमा जुटेको बताइएको छ ।

सामाजिक दुरी कायम गरि नागरिककाे स्वास्थचेकजाँच गरिएको छ । काेराेना लक्ष्यणसँग मिल्दोजुल्दो छ भने त्यहि अनुसार परामर्श र कठिन अवस्था अाए तत्कालीन फाेन गरि स्वास्थ्य शाखामा सम्पर्क राख्न समेत भनिएको छ ।


स्वास्थ्य तथा काेराेना सम्बन्धि सचेतना अभियानकाे अाज सिम्ता-३ अौलझ्याबाट शुरूवात भएको छ। स्वास्थ्य शिविरमा मौसम परिवर्तन संगै विभिन्न भाइरसका कारणले अाउने ज्वरो, रूगाखाेकि, झाडापखाला र निमाेनिया जस्ता राेगकाे प्राथमिक उपचार तथा काेराेना बाट बच्ने उपायबारे सचेतना दिने काम गरिएको छ।


अाजकाे शिविरमा ४१ जना विरामीकाे उपचार भएको छ।उपचारमा सेवा लिने बालबालिका युवा र जेष्ठ नागरिकहरूकाे उपस्थिति रहेको थियो। शिविर २५ गतेसम्म सञ्चालन हुने भएको छ। भाेलि सिम्ता-१ काे सुन्ताेला र लुकुई स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

याे स्वास्थ्य शिविर स्वास्थ्य चौकी र स्वास्थ्य इकाई केन्द्रको पहुँच नभएको स्थानमा टाेल बस्तीमा पुगेर सञ्चालन हुने शाखा प्रमुख पुनकाे भनाइ छ । गाउँपालिकाले छुट्टै अक्सिजन सहितकाे आइसोलेसन निर्माण कार्यको लागि समेत तयारी थालिने जनाएको छ ।

गत वर्ष पनि यहि विधि अवलम्बन गरिएको थियोे । राेग लाग्नु भन्दा पहिले यसबाट वचन अाफ्ना नागरिकलाई सजगता वनाउनु पहिलो प्राथमिकता रहेको समेत केसिकाे भनाइ रहेको छ ।