October 9, 2024, Wednesday
२०८१ आश्विन २३, बुधबार
साना किसान कृषि सहकारी सल्यान कपुरकोटको २५ औँ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

साना किसान कृषि सहकारी सल्यान कपुरकोटको २५ औँ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

पौष २८, सल्यान – साना किसान कृषि सहकारी सल्यान कपुरकोटले आफ्नो २५ औँ वार्षिक उत्सब भब्यताका साथ मनाएको छ ।

बिहिवार जिल्लाको कपुरकोट गाउँपालिका ३ कपुरकोट सल्यानमा सहकारीको २५ औं बार्षिक उत्सव तथा सहकारी भवन उद्घाटन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले सहकारीमार्फत विपन्न नागरिकको आयस्तर सुधार हुन थालेको बताउनुभएको छ ।

साना किसान कृषि सहकारी संस्था कपुरकोटको  आज भएको २५ औं बार्षिक उत्सब समारोहको उद्घाटनका अवसरमा अध्यक्ष पुनले सहरकारीले निम्न आय भएका नागरिकलाई वचत गर्न मात्र नभई उद्यमी बन्न समेत सिकाएको बताउनुभयो ।

उहाँले सहकारीले गाउँपालिकासंग सहकार्य गरेर कार्यक्रम गरेमा आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष डम्बर एरीको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले किसानको प्रगति नै गाउँपालिकाको प्रगति हुने बताउनु भयो ।

उहाँले आफु किसानको छोरो किसान भएकाले सिंगो कपुरकोट गाउँपालिकालाई नै कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउन गाउँपालिका लागि परेको बताउनुभयो ।

भण्डारीले किसानको कृषि ब्यबसायलाई प्र्रबद्र्धन गर्न कपुरकोटका आम किसानको लागि सहकारी संग सहकार्य गरेर आधुनिक कृषि औजार बितरण,प्राबिधिक तालिम र आबश्यक कृषि ज्ञानका लागि भ्रमणको गाउँपालिकाबाट ब्यबस्था गरिने बताउनु भयो ।

संस्थाका उपाध्यक्ष मनिराम रानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा साना किसान बिकास बित्तिय संस्था सुर्खेतका प्रबन्धक हरी प्रसाद न्यौपानेले किसानले साना किसान कृषि सहकारी संस्थामा आबद्ध भएर इमान्दारीता देखाउंदै कृषि पेशा र पशुपालन गर्न चाहाना राखेमा किसानका लागि किसानको कार्ययोजनाको आधारमा ५० लाख सम्म ८ प्रतिशत ब्यादरमा कृषि कर्जा दिइने बताउनु भयो ।

संस्थाका प्रबन्धक जित प्रसाद आचार्यले सहजिकरण गर्नु भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष रत्नलाल वलीले आर्थिक प्रतिबेदन, संस्था मुख्य प्रबन्धक तिर्थराज शर्माले आगामी कार्ययोजना र प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो ।

२०५४ साल जेठ २१ गते २५ जनाबाट सुरु गरिएको संस्थामा हाल कपुरकोट गाउँपालिकाका ६ वडाका १५ सय ९६ जना किसान कृषि सहकारी संस्थामा आबद्ध रहेको संस्थाले जनाएको छ ।

यसैबिच साना किसान कृषि सहकारी संस्थाको नया कार्यालय भबन पनि आज उद्घाटन गरिएको छ ।

संस्थामा आबद्ध प्रत्येक किसानबाट १ हजार,कपुरकोट गाउँपालिकाको ५ लाख,साना किसान बिकास बित्तिय संस्थाको ४ लाख र बांकी संस्थाको मुनाफाबाट  १ करोड ६१ लाख ५२ हजार ९३ रुपैया ६१ पैसामा बनेको नया भबनको आज उद्घाटन गरिएको हो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज