संघीयता र धर्मनिरपेक्षताबारे छलफलको लागि रवीन्द्र मिश्रको विशेष प्रस्ताव पेश
साउन ११, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव राखेका छन् । यसैगरी धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने उनको अवधारणा छ ।
पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाएका हुन् । उनले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा १० हजार ५० शब्दको प्रस्ताव आन्तरिक छलफल र बहसका लागि पेश गरेका हुन् । यो प्रस्ताव आफ्नो व्यक्तिगत भएको उनको धारणा छ ।
प्रतिकृया दिनुहोस्