‘नेपाल – खनाल’ समुहले प्रधानमन्त्रीलाई विस्वासको मत देला कि फ्लोर क्रस गर्ला ?
वैशाख २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन । प्रधानमन्त्रीले विस्वासको मत लिने निर्णय गरेपछि यतिबेला राष्ट्रिय राजनीतिमा नयाँ बहस र चर्चा हुन थालेको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका कुल २७५ सांसद संख्या मध्ये तत्कालीन एमालेका १२१ र माओवादी केन्द्रका ५३ सिट सहित करिव दुइतिहाइको सरकार संचाल्न गरेका थिए तर जेठ ३ गतेको सर्वोच्चको फैसला पछि नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै भएका थिए ।
दुई दल छुट्टाछुट्टै भएपछि प्रधानमन्त्रीले तत्काल विस्वासको मत लिन बिपक्षी दलहरूले दवाव दिएपनि प्रधानमन्त्री ओलीले पहिला माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका थिए ।
तर माओवादीले समर्थन फिर्ता लिएको थिएन । माओवादीले समर्थन फिर्ता नलिएपनी सुरुमा विस्वासको मत लिन इन्कार गरेका प्रधानमन्त्री आफै विस्वासको मत लिन अग्रसरता देखाएपछि अनेकौं अनुमान गर्न थालिएको छ ।
प्रतिनिधि सभाका जसपाको महन्त – राजेन्द्र पक्ष बाहेक अन्य सबै दल प्रधानमन्त्रीको विपक्षमा छन । यस्तो अवस्थामा प्रधानमन्त्रीले विस्वासको मत पाउने संभावना कम हुन्छ । त्यसमा पनि एमालेको माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने संभावना उत्तिकै छ ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले विस्वासको मत सबैको आँखा नेकपा एमालेको माधव नेपाल समूहप्रति छ ।
नेपाल पक्षले प्रधानमन्त्रीको पक्षमा मतदान नगरे जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको समर्थनको पनि अर्थ नहुन सक्छ । एमालेको नेपाल पक्ष भने पार्टीमा आत्मसम्मान नभए आत्म समर्पण गरेर ओली सत्ता टिकाउन नलाग्नेमा दृढ देखिन्छ ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले केपी शर्मा ओलीलाई विश्वासको मत नदिने पक्कापक्की छ । त्यसैले सिङ्गो एमाले र जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहको मतमा ओली सरकारको भविश्य निर्भर छ ।
पार्टीभित्र लगभग पानी बाराबारको अवस्थामा पुगेको बेला एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षबाट ओलीले संसदमा मत प्राप्त गर्नुहोला त भन्ने प्रश्न अहम् बनेको छ ।
अहिलेसम्मकोे अवस्था हेर्दा नेपाल पक्ष ओलीलाई काँध हालेर हिड्न तयार देखिँदैन । नेपाल पक्षका नेता युवराज ज्ञवाली एमालेलाई तत्कालीन माओवादी केन्द्रसँगको एकता पूर्वको अवस्थामा फर्काएर एकता जोगाउन तयार भए मात्र ओलीलाई साथ दिने बताउनुहुन्छ ।
यो शर्त ओलीले अस्वीकार गरिसक्नुभएको छ । यस हिसाबले ओलीलाई विश्वासको मत दिएर प्रधानमन्त्रीमा निरन्तरता दिन माधव पक्ष तयार हुने सम्भावना अहिलेसम्म क्षीणनै देखिन्छ । यदि ओलीले फेरि पनि प्रतिगमनकै दिशामै अघि बढ्ने हो भने स्थिति बिग्रिएर जाने ज्ञवालीको भनाइ छ ।
प्रधानमन्त्रीमा निरन्तरताका निम्ति संसदमा आवश्यक मतको संंख्या पुर्याउन आफ्नै दल एमाले सम्हाल्नु ओलीका लागि सबै भन्दा कठिन र जटिल परीक्षा हुने देखिएको छ । ओलीले नेपाल पक्षलाई आत्मसमर्पण नै गराउन चाहिरहने हो भने कर्णाली प्रदेश सभाको दृश्य संघीय संसद भवनमा पनि नदोहोरिएला भन्न सकिँदैन ।
तसर्थ यतिबेला एउटा जिज्ञासा् सबैमा जागेको छ – ” नेपाल – खनाल समुहले, प्रधानमन्त्री विरुद्ध कर्णालीमा जस्तै फ्लोर क्रस गर्ला त ?
प्रतिकृया दिनुहोस्