May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
शैक्षिक सुधारको लागि सल्यानकाे शारदा नगरपालिकाद्धारा हेडसरसँग मेयर कार्यक्रम संचालन

शैक्षिक सुधारको लागि सल्यानकाे शारदा नगरपालिकाद्धारा हेडसरसँग मेयर कार्यक्रम संचालन

मंसिर ०९, सल्यान । सल्यानको शारदा नगरपालिकाले हेडसरसँग मेयर कार्यक्रम संचालन गरेको छ । नगरपालिका भित्रका विद्यालयमा शैक्षिक सुधारको लागी कार्यक्रम संचालन गरिएको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनुभयो ।

कार्यक्रम अन्र्तरगत मंगलबार शारदा नगरपालिकाका प्रधानाध्यापक सँग छलफल गरिएको छ । छलफलका क्रममा बोल्दै मेयर अधिकारीले नगरको शैक्षिक सुधारको लागी कुनै कसर वाँकी नराख्न निर्देशन दिनुभयो ।

हेडसरले चाह्यो भने विद्यालयलाई नमुना बनाउन सकिन्छ मेयर अधिकारीले भन्नुभयो सक्नुहुन्छ विद्यालयलाई नमुना बनाउनुस सक्नुहुन्न भने बाटो छोडेर सक्नेलाई जिम्मेवारी सुम्पिनुहोस् ।

आफुहरबाट गर्नुपर्ने कुनै काम भए योजना सहित आउन आग्रह गर्दै मेयर अधिकारीले यो या त्यो बहानामा विद्यालयको पढाइ विगारेर वालवालिकाको भविष्यमा कसैले पनि खेलवाड गर्ननहुने बताउनुभयो ।

नगरपालिकाले नगरको शिक्षाको विकासको कामलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो । अहिलेको कोभिडको समयमा शैक्षिक सत्रको निरन्तरताको लागी विद्यालय खोल्नैपर्ने अवस्था भएकोले पुर्णरुपमा स्वास्थ्य सतर्कताका साथ विद्यालय संचालन गर्न उहाँले आग्रह गर्नुभयो ।

नगरपालिकाले नगरभित्रका सवै सामुदायिक विद्यालयमा यसै आर्गिक वर्षमा कम्प्युटर उपलव्ध गराउने उहाँले जानकार िदिुनभयो ।

कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख लिलाधर ववालले विद्यालय संचालन सम्वन्धि कार्यढाँचा २०७७ अनुसार उपयुक्त विकल्प छनौट गरेर विद्यालय संचालन गर्न आग्रह गर्नुभयो ।

अहिलेको कठिन समयमा विद्यालय संचालन गर्दा कार्यढाँचाले तोकेअनुसारको मापदण्ड पुरा गर्नुहोस उहाँले भन्नुभयो सवै विद्यार्थि र शिक्षकले अनिवार्य मास्क लगाउनुहोस र हात धुनको लागी विद्यालयमा उपयुक्त व्यवस्था गर्नुहोस ।

आफुहरुले विद्यालय अनुगमनलाइ तिव्रता दिने भन्दै उहाँले कुनैपनि वहानामा विद्यालय बन्द नगर्न र बन्द गर्नैपर्ने अवस्थामा सरोकारवालासँग समन्वय गर्न आग्रह गर्नुभयो । संकटको वेलापनि शैक्षिक निरन्तरताको लागी उपयुक्त विकल्पहरु समेत नगरमा पेश गर्न उहाँले विद्यालयहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगर स्वास्थ्य शाखाका विरेन्द्र हमालले अहिलेको अवस्थामा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रम शारदा नगरपालिका अन्र्तरगतका वडा नम्वर १, २, ३, ६, ७, १२, १३, १४ र १५ का लागी त्रिभुवन मावि लुहापिङमा र वडा नम्वर ४,५,८,९,१० र ११ को लागी त्रिभुवन मावि मार्केमा संचालन गरिएको थियो ।

कार्यक्रमको संचालन नगरपालिकाका श्रोत व्यक्ति विर बहादुर सेजवालले गर्नुभएको थियो । शारदा नगरपालिकाका विद्यालयहरु तिहार पछाडि संचालनमा आएर पठनपाठन शुरु गरिसकेका छन् । स्रोत : कभर खबर ।